सोमवार, जेष्ठ ७, २०८१

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली, घट्यो इन्धनको मूल्य

काठमाडौं असार ३१,
सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित प्रणालीमा मूल्य निर्धारण हुने व्यवस्था अनुसार इन्डियन आयल कोर्पोरेसनबाट प्राप्त हुने इन्धनको मूल्य सूचीअनुसार अवको चरणमा इन्धनको मूल्य कायम हुनेछ ।

 यसैवीच इन्डियन आयल कोर्पोरेसनबाट प्राप्त इन्धनको पछिल्लो मुल्यसूची अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ ।

घट्दो इन्धनको मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ र डिजेलको रु एक सय ६४ प्रतिलिटर मूल्य कायम   हुनेछ ।
त्यस्तै एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम गरिएको छ। तर हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमामार्फत जानकारी दिएको छ।