सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेश सरकारलाइ दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं असार २७ ,
सर्वोच्च अदालतले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले असार २१ मा मुख्यमन्त्रीमा नियुक्त गरेको सरकार विरुद्ध परेको रिटको सुनवाइ गर्दै प्रदेश प्रमुख खापुङलाई प्रदेश सभामा सभामुख गौतमको हस्ताक्षरसहितको बहुमत पुर्‍याइएको सम्बन्धमा कारण देखाउन आदेश दिएको छ ।

त्यस्तै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश समेत जारी गरेको छ ।
निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।