आइतवार, जेष्ठ ६, २०८१

महानगर प्रमुख बालेनद्वारा प्रम पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं असार २७ ,
काठमाडौं महानगरका प्रमुख बालेन साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रमुख साहले आज साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री प्रचण्डले सहयात्री गुमाएको भन्दै स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली सहित समवेदना व्यक्त गरेका हुन् ।

महानगर प्रमुख साहले आफ्नो सामाजिक सञ्जालको पेजमार्फत मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्छु । सम्माननीय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु भनेका छन ।