सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गर्दै स्थगित

काठमाडौं असार २२,
प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित गरिएको हो। 

सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरूद्ध गर्दै आएको छ।