आइतवार, जेष्ठ ६, २०८१

असार २३ र ३० गते शनिवारका दिन पनि बैंक तथा वित्तीय संस्थामा कारोवार हुने

काठमाडौं असार २२,
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ गते शनिवार अर्थात भोली आगामी ३० गतेका शनिबार पनि सेवा बन्द नगर्न परिपत्र गरेको छ ।

चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा राष्ट्र बैंकले परिपत्र गरेको हो ।

राष्ट्र बैंकले असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गनपर्ने जारी सूचनामार्फत बैंक तथा वित्तीय संस्था संगै सेवाग्राही समेतलाइ सूचित गरेको छ ।