सोमवार, जेष्ठ ७, २०८१

पछिल्लो राजनीतिक घटनाक्रम केन्द्रीत सत्ता गठबन्धन आबद्ध दलहरुको बैठक जारी

काठमाडौंअसार २१,

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन आबद्ध दलहरुको बैठक जारी रहेको छ । जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको सम्वद्ध स्रोतले जनाएको छ ।

आजको बैठकमा मुलत बुधबार संसदका दुवै सदनमा विपक्षी दलको अवरोधका कारण मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको विषय संगै संसदमा ददेखिइको अवरोध र पछिल्लो घटनाक्रममा विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत तथा नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहभागी रहेका छन् ।