सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस जिल्ला सभापतिहरुको आज काठमाडौंमा वृहत भेला हुँदै

काठमाडौंअसार २१,

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको आज काठमाडौंमा भेला हुँदैछ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने भेलमा क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणलगायतको विषयगत एजेन्दा माथि छलफल हुने बताइएकोछ ।

यस्तै आजको छलफलमा , विधान बमोजिमम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका अन्य विविध सांगठनिक विषयमाथिको छलफलसंगै जिल्लागत पार्टीको अवस्थाका सम्बन्धमा समेत समिक्षा गर्ने तयारी रहेको बुझिएको छ।

 त्यस्तै भेलामा केन्द्रीय नेतृत्वले जिल्ला सभापतिहरुलाइ आफ्नो जिल्लाका वडा तहदेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरु कुन कुन तहको सम्मेलन सम्पन्न भएको वा , कुन कुन सम्मेलन गर्न बाँकी रहेको सोका विवरण समेत पेश गर्ने निर्देशन दिइएकोछ भने आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमिति/गाउँ, नगर पालिका कार्यसमिति र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरको विवरणसहित उपस्थित हुन भनिएको छ ।