सोमवार, बैशाख ३१, २०८१

बौद्धबाट स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँ सहित कर्मा ल्हामो गुरुङ पक्राउ

काठमाडौं असार ६,
नेपाल प्रहरीले काठमाडौं महानगर वडा नं ६ बौद्ध फूलबारीबाट स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुन्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिदै पक्राउ परेका गुरुङउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।