सोमवार, बैशाख ३१, २०८१

अन्तर्राष्ट्रिय योग दिवस- योग नेपालको प्राचीन सभ्यतासँग गाँसिएको छ : राष्ट्रपति पौडेल

काठमाडौं असार ६,
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै योग नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको बताउनुभएको छ ।

योग दिवस संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो ।

राष्ट्रपति पौडेलले आफ्नो शुभकामना सन्देशमा नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय भएको उल्लेख गर्नुभएको छ।

त्यस्तै सन्देशमा उहाँले भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थामा यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले योग परम्परालाई व्यापक बनाई सबैलाई शारीरिक र मानसिक रूपमा स्वस्थ एवं सुखी रहन प्रेरणा दिन सकोस् भनी शुभकामना समेत व्यक्त गर्नुभएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031