मङ्लबार, जेष्ठ १, २०८१

बाढी पहिरोको वितण्डा : चारको मृत्यु , ३३ जना वेपत्ता

काठमाडौं असार ३,
अविरल वर्षासँगै गएराति देशका विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण संखुवासभा, पाँचथर र ताप्लेजुङ आएको बाढी पहिरोमा चारजनाको मृत्यु भएको छ भने ३३ जनावेपत्ता भएका छन ।

प्रहरीले संखुवासभामा बाढीले बगाउँदा पाँचखपन ९ का सन्तोष राई र पहिरोमा पुरिएको अवस्थामा उद्धार गरिएकी पाँचथरको फालेलुङ गाउँपालिकाकी ९ वर्षीया जुना सावदेनको उपचारको क्रममा मृत्यु भएको जनाएको छ।
त्यस्तै थप एकजनाको शव कुम्याक गाउँपालिका ५, स्याब्रुम्बास्थित भुल्केनजिकै तमोर नदीकिनारमा फिदिम १० का सन्जोग लोवाको शव फेला परेको जनाएको छ।

त्यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरोमा परेर ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ । त्यस्तै संखुवासभा हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या ३३ पुगेको प्रहरीले जनाएको छ । यसैवीच गृह मन्त्रालय अन्र्तगत राट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवसाथापन प्राधिकरणले वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ आग्रह गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031