बिहिबार, बैशाख २०, २०८१

सांसद शर्माको प्रश्न- नक्कली भुटानी शरणार्थी प्रकरणको सक्कली छानबिनको अवस्था के छ ?

काठमाडौं जेठ २,
प्रतिनिधिसभा मातहत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन् ।

काँग्रेसका महामन्त्री समेत रहेका संसद सदस्य शर्माले मंगलबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताउनुभयो ।

साथै प्रस्तुत प्रकरणको छानबिनका लागि सबै दलको समर्थन रहेको अवस्थामा पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिदै नक्कली भुटानी शरणार्थी प्रकरणको सक्कली छानबिनको वस्तुस्थिति के छ सोको जानकारी दिनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण समेत गराउनुभयो