आइतवार, जेष्ठ ६, २०८१

आज सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

फोटो : प्रदीपराज वन्त

काठमाडौं बैशाख २०,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमाथिको छलफलसंगै गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैवीच प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन आफैँले पहल गर्दै आएका छन् । उपनिर्वाचनबाट रास्वपाका सभापति रवि लामिछाने फेरि प्रतिनिधसभा सदस्यमा निर्वाचित भएपछि रास्वपाले पनि सरकारमा सहभागिताको लागि इच्छा देखाइरहेको छ ।  आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका दाहालले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन् ।