शनिबार, बैशाख २२, २०८१

बारा-२ को उपनिर्वाचन मार्फत संसद सदस्यमा निर्वाचित जसपाका अध्यक्ष यादवले आज शपथ लिँदै

काठमाडौं बैशाख १९,
गत बैशाख १०मा सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मार्फत वारा क्षेत्र न २बाट निर्वाचित संसद सदस्य उपेन्द्र यादवले आज शपथ लिँदै छन् ।

बारा २ मा भएको उपनिर्वाचनमा बाट विजयी भएका उपेन्द्र यादवले वारा क्षेत्र न २ जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई ५हजार०८१ मतान्तरले पराजित गरेको हो ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले शपथ गराउनेछन् । यसअघि वैशाख १५ मा रास्वपाका सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका थिए ।