शनिबार, बैशाख २२, २०८१

नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित

काठमाडौं बैशाख १८,
एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि मंगलवार बिहान ९ बजेदेखि खेल सुरु हुने गरि स्थगित गरिएको हो ।

 नेपाल क्रिकेट संघ ९क्यान० ले आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदै गर्दा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको जनाउँदै आज रोकिएकै ओभरबाट भोलि बिहान ९ बजेदेखि खेल सुरु हुनेछ जानकारी दिएको छ ।

आजको खेलमा नेपालका लागि ललित राजवंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुईरदुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एकरएक विकेटका लिएको थियो ।