बिहिबार, बैशाख २०, २०८१

उपत्यकासहित देशका आधिकांश स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षा

काठमाडौ बैशाख १६,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा वर्षा हुो जनाउँदै रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको अधिक सम्भावना रहेको जनाएको छ ।