शुक्रबार, बैशाख २१, २०८१

पञ्चाङ्ग समितिको स्वीकृति वेगर प्रकाशन भएका पात्रोहरु नियन्त्रण गर्न गृहको परिपत्र

काठमाडौँ बैशाख १०,

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजारमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति वेगरको अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने व्यवस्था रहेपनि पछिल्लो समय बजारमा अनधिकृतरूपमा ञ्चाङ्ग निर्णायक विकास समितिको नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो

मन्त्रालयको परिपेत्रसंगै ७७ वटै लजिल्ला प्रशासन कार्यालयले स्वीकृति वेगर प्रकाशित भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको जफतसंगै कारवाही समेत गर्ने तयारी गरेको बुझिएको छ ।