बिहिबार, बैशाख २०, २०८१

आज प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदै

काठमाडौं वैशाख १०,
बारा निर्वाचन क्षेत्र नं। २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ।

 चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणकारण रिक्तरहो र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो।

चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने तयारी रहेको जनाएको छ । यस विर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट जीतनारायण श्रेष्ठ ,  राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले  र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने  वीच प्रतिस्पर्धा हुँदैछ ।

एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू रहेका छन् । साथै ४३ स्थानमा १३८ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

त्यस्तै बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् भने तनहुँ–१