बिहिबार, बैशाख २०, २०८१

आजमात्रै १३६ कोभिड संक्रमितको पहिचान ,भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण

काठमाडौँ  वैशाख १,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड संक्रमितको सख्या एकैदिन १३६ संक्रमित थपिएको जनाएको छ । मन्त्रालयले १९७ पीसीआर परीक्षणबाट ३४ संक्रमित र १ हजार २२७ एन्टिजेन परीक्षणबाट १०२ संक्रमितको पहिचान भएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले उपत्यकामा पनि संक्रमित बढ्ने क्रम बढ्दो रहेको जनाउँदै संस्थागत आइसोलेसनमा ३२, आईसीयूमा ११ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको जनाएको  छ भने पीसीआरबाट सक्रिय संक्रमित हुनेको संख्या ४०१ रहेको जनाएको छ । यसवीचमा खोप लगाउने संख्या पनि बढेको छ । एकैदिन ६४ हजार ८५७ जनाले खोप लगाएका छन् ।

यसैवीच स्वास्थ्य मन्त्रालयले भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको जनाएको छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोभिड सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयले जनाएको छ।