शुक्रबार, बैशाख २१, २०८१

देशभरका १४० स्थानमा डढेलो, काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण बढ्दो

काठमाडौं चैत्र ३०,
वन तथा वातावरण विभागले पछिल्लो केही दिनयतादेखि देशका बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदुषण अत्यधिक बढेको जनाएकोछ ।

त्यस्तै डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुनुको साथै उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएसंगै यहाँको मौसम खासै खुल्न नसकेको विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गर्दै डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन उक्त विभागले सबैमा आग्रह पनि गरेको छ।