बिहिबार, बैशाख २०, २०८१

माओवादी पदाधिकारी बैठक: राष्ट्रिय सहमति सहित राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाइ

काठमाडौं फागुन ८,
सत्तारुढदल नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिने निर्णय गरेको छ ।

बेठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकको एजेन्दामाथि प्रकाश पार्दै आसन्न राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा राष्ट्रिय सहमति सहित निर्वाह गर्ने भूमिकाको विषयमा नितिगत निर्णय गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाइ दिएको जानकारी दिनुभएको हो ।

त्यस्तै उहाँले बैठकमा व्यक्ति प्रधान भन्दा पनि मुलुकको स्वार्थकालागि कसलाइ राष्ट्रपतिमा चयन गर्ने भनने विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिइएको र उहाँले अरु पार्टीका नेताहरुसँग पनि परामर्श गरेर सहमति गर्नुहुने बताउनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031