मङ्लबार, चैत्र १४, २०७९

मनकामना दर्शनद्धारा ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग

 काठमाडौं फागुन ८,
मनकामना दर्शन प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापनका लागि १ थान महिन्द्र १ थान महिन्द्र 4 wd JIVO 245 DI ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको छ ।

ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटारस्थित अग्नी इनकर्पोरेटेड प्रालिको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुकोलगायत मनकामना दर्शन प्रालिका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हस्तान्तरण गरिएको ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणको सरक्षणमा सकारात्मक एवं सशक्त प्रभाव पार्ने अपेक्षासहित मनकामना दर्शन प्रालिको तर्फबाट सामाजिक उत्तरदायित्वमा सदैव प्रतिबद्ध रहने विस्वास व्यक्त गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031