आइतवार, बैशाख २३, २०८१

जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक बिदाको सर्वत्र आलोचना

काठमाडौं फागुन १,

प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन माओवादीको सशस्त्र द्धन्द्धका प्रमुख प्रचण्ड नेतृत्वको सरकारले सोमबार दिएको २८ औं जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक बिदाको निर्णयको पछिल्लो समय सर्वत्र आलोचना भइरहेको छ ।

यसअघि जनयुद्ध दिवसको बिदाबारे कुनै चर्चा नएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री भएसंगै एक्कासी परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा बिदा दिने निर्णय भएको भन्दै सोमवार सार्वजनिक विदा दिइएपछि प्रचण्ड सरकारको आलोचना भएको हो ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गर्नु सकारात्मक नभएको भन्दै आलोचना भएको हो ।

 यसैक्रममा नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले अहिले बिदा दिनुको औचित्य पुष्टि गर्नुपर्ने बताउँदै उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै बेलुकी लेखेका छन्, ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संविधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन् । फेरि अलग अलग बिदा किन रु मुलुकलाई अनावश्यक वैचारिक ध्रुविकरणमा नफसाऔँ भनेका छन ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकामा आपत्ति जनाएका छन् । २०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी गरेका छन ।

२०४७सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक विदादिने सरकारको निर्णय आपत्तिजनक छ।हजारौ निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन।राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको भन्दै प्रश्न गरेका छन ? ।