शुक्रबार, बैशाख २१, २०८१

एयरपोर्ट टनेल गेटबाट सुन जस्तो देखिने धातु सहित भारतीय नागरिक पक्राउ

 काठमाडौं माघ २९,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आडवाणी रहेको जनाउँदै उनिहरुउपर थप अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ ।