बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै (प्रत्यक्ष प्रसारण)

काठमाडौं माघ २७,   
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्नुभएको हो ।

राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने संवैधानिक प्रावधान  रहेको छ।