शुक्रबार, बैशाख २१, २०८१

काँग्रेस सभापति देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं माघ २४,
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

 यसअघिको दरपीटको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । सो आदेशसँग रिट दर्ता भएको छ । उक्त रिटकोे पेसी बुधबारका लागि तोकिएको छ ।

 अधिवक्ता विमलप्रसाद पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिँदा सरकारलाइ समर्थन गर्दै विस्वासको मत दिने दल विपक्षी हुन नसक्ने जिकीरसहित देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गरेको हो ।