शुक्रबार, बैशाख २१, २०८१

सामुदायिक भवन वाल विकास प्रशिक्षण केन्द्र सञ्चालन समितिको पुर्नगठन

 काठमाडौं कार्तिक  ३०,
काठमाडौं महानगर वडा न. १९ स्थित सामुदायिक भवन वाल विकास प्रशिक्षण केन्द्रको सञ्चालन समितिको गत साता पुर्नगठन गरिएको छ।

बलकृष्ण खड्गीको अध्यक्षतामा स्थानीय क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका पदाधिकारी समेतको सहभागीता रहने गरि पुर्नगठन गरिएको ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा महानगर वडा न. १९का सदस्य एवम् महिला सञ्जालका संयोजक रेणुकमल शाही रहनु भएको छ भने सचिवमा १९ वडा सामुदायिक विकास समाजका अध्यक्ष रमेशमान मुनिकार रहेका छन ।

त्यस्तै सञ्चालक समितिको सदयमा क्रमस देविता श्रेष्ठ इनाटोल मिसा पुच, रिजुशाही महिला समूह, सविता महर्जन डान्स कल्चर आर्ट सेन्टर, भानुभक्त शाही नमुना वुद्ध विहार, सजित शाही श्री पञ्चमी गुठी र झिगु ल्याम्ह पुचका प्रतिनिधि रहेका छन ।

त्यस्तै समितिको सल्लाहकारमा क्रमस वडान १९ का अध्यक्ष राजेश श्रेष्ठ, लोकिन शाही, राधा शाही, केदारशाही, हेराकृष्ण शाही, किरण शाही,दुर्गालाल शाही, वेखानारायण शाही , दिलकृष्ण शाही ,मनोज नेवा  खड्गी,  बिजय लक्ष्मी शाही , श्याम कृष्ण खड्गी ,प्रतिनिधि सदस्य इन्द्रबिनायक क्लब  र धनवहादुर नेपाली रहेका छन ।