आइतवार, बैशाख २३, २०८१

प्रत्यक्ष निर्वाचन तर्फ २ करोड ३६ लाख ८० हजार मतपत्रको छपाइ सकियो :आयोग

काठमाडौं कार्तिक १२,
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्ते पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सकिएको सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा कात्तिकआइतवार मतपत्र ढुवानी हुनेछ । जनाउँदै यसवीचमानै समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समेत समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने आयोगले जनाएको छ।