आइतवार, बैशाख २३, २०८१

कांग्रेसले ल्यायो आम निर्वाचित लक्षित ५२ पृष्ठको चुनावी संकल्पपत्र 

 काठमाडौं कार्तिक १२,
नेपाली कांग्रेसले आसन्न आम निर्वाचनलाइ लक्षित गर्दै आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। संकल्पपत्र मार्फत काँग्रेसले संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारा समेत सार्वजनिक गरेको छ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बिहान पार्टी मुख्यालय वीपीनगर सानेपामा आयोजित एक कार्यक्रमकावीच पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित संकल्पपत्र लेखन समिति सदस्यहरुको सहभागीतामा उक्त सार्वजनिक गर्नु भएको हो ।

काँग्रेस आज सार्वजनिक ५२ पृष्ठको उक्त संकल्पपत्र पाँच वटा खण्डमा विभाजित रहेको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय संकल्पपत्र लेखन समितिले तयार पारेको हो ।

यस्तोछ कांग्रेसको चुनावी घोषणा पत्र [पूर्णपाठसहित]

त्यस्तै संकल्पपत्रको खण्ड ५ मा हाम्रो प्रतिज्ञा शिर्षकमा काँग्रेसले ‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौँ,’ भनी प्रतिज्ञा गरिएको छ ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा वोल्दै समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले संकल्पपत्रको मर्म माथि प्रकाश पार्दै घोषणा पत्र बारेमा आइतबार दिउँसो २ बजे घोषणा पत्र लेखन समितिको टिमले संचारकर्मीका जिज्ञासा सम्बोधन गर्ने जानकारी दिनुभएको छ ।