बिहिबार, बैशाख २०, २०८१

कांग्रेसले आफ्नो चुनावी संकल्पपत्र शनिबार विहान [भोलि] सार्वजनिक गर्ने

काठमाडौं कात्तिक ११ ,
आसन्न आम निर्वाचन लक्षित हुँदै नेपाली कांग्रेसले आफ्नो चुनावी संकल्पपत्र भोलि शनिबार सार्वजनिक गर्ने भएको छ। पार्टी मुख्यालयका मुख्यसचिव कृष्ण पौडेलले आज जारी विज्ञप्तिमार्फत शनिवार सानेपास्थित पार्टी मुख्यालयलमा बिहान १० बजे संकल्पपत्र सार्वजनिक हुने जानकारी दिनुभएको छ ।

त्यस्ते जारी विज्ञप्तिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस महामन्त्री एवम् घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जानकारीदिनभयो ।

यसअघि काँग्रेसले आफ्नो सङ्कल्पपत्र गत आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा काठमाडौँ उपत्यकाबाहिर रहनुभएको आउन ढिलाइ हुने भएपछि आइतवारको निर्धारित कार्यक्रम सोमवार विहान बिहान १०ः३० बजे सार्वजनिक गर्ने कार्यक्रम तय गरेपनि तिहनर पर्वका कारण उक्त दिन पनि संकल्पपत्र सार्वजनिकको पूर्व निर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु