शनिबार, बैशाख २२, २०८१

नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठको निधन

काठमाडौैं कार्तिक ६,
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु १ अर्ब भन्दा माथिको रहेको छ ।

आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उहाँको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उहाँ संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाटमा अन्तेष्टि गरिने कांग्रेस चितवन कांग्रेसले जनाएके छ।