शनिबार, बैशाख २२, २०८१

यमपञ्चक अन्र्तगत आज काग तिहार,धन्वन्तरि जयन्ती मनाइँदै

काठमाडौैं कार्तिक ६,
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । यमपञ्चक अन्र्तगत आज आइतवार काग तिहार पर्व मनाइदै छ । आज कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग को पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।

पाँच दिनसम्म मनाइने यो चाड अर्थात यमपञ्चक कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको धर्मशास्त्रमा उल्लेख रहेको पाइन्छ ।

यमदुतको रुपमा पहिचान गरिएको काग तिहारको विषयमा प्राप्त कथन अनुसार आजको दिन कागलाई पूजा आराधना गरेमा कागले यमराजसमक्ष राम्रो खबर लगिदिने जनविस्वारस रहिआएको छ। त्यसो त काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रसहआएको छ।

समग्रमा वर्ष २०७९ तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको र शनिवार नै धनतेरस पर्व समेत मनाउनु उत्तम हुने पञ्चाङ्ग समितिले जनाएको छ।

चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् र म्हपूजा एवम अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने गरिन्छ । यसैवीच आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको स्मृतिमा सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि समेत जयन्ती मनाइँदैछ ।