शुक्रबार, बैशाख २१, २०८१

डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको सख्या ५२ पुग्यो

काठमाडौं कार्तिक ५,
पछिल्लो समय मुलुकका ७७ वटै जिल्लामा भुसको आगो सरि फैलिएको डेङ्गु संक्रमणका कारण ४३ हजार छ सय ८५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले संक्रमणका कारण थप एक जनाको मृत्यु भएसंगै डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको सख्या ५२ जना पुगेको जनाएको छ।

त्यस्तै मन्त्रालयले देशभर कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ रहेको जनाउँदै कोभिड संक्रमतिको सख्या घटे पनि डेङ्गु संक्रमितको सख्या बढ्दो रहेको जनाएको छ।