बिहिबार, बैशाख २०, २०८१

कर करले नभइ रहले तिर्ने व्यवसायीमैत्री वातावरण बनाउनु पर्नेमा जोड

 काठमाडौं कार्तिक ४,
आन्तरिक राजश्व कार्यालय ठमेलले आज नेपाल औषधि थोक व्यवसायी संघको सहकार्य एवम् संघको बाग्मती प्रदेशको समन्वयमा कर शिक्षा एवम् कर जागरण विषयक अन्र्तक्रियाको आयोजना गरेको छ ।

आन्तरिक राजश्व कार्यालय ठमेलको क्षेत्राधिकार अन्र्तगत रहेको काठमाडौं महानगरको वडा न.१७ क्षेत्रपाटीमा सञ्चालित औषधिका थोक व्यवसाय र व्यवसायी लक्षित हुँदै आयोजित अन्तक्रिया मुलत व्यवसायीलाइ सहज र सरल रुपमा कर तिर्न उत्प्रेरणा सिर्जना गर्ने लक्ष्य अनुरुप आयोजना गरिएको हो ।

कार्यक्रमममा संघ केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले औषधि व्यवसायीलाइ लक्षित गर्दै राजश्व कार्यालयले सरोकारवाला संघको सहकार्यमा आयोजना गरेको प्रस्तुत कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताउँदै समयसापेक्ष आवश्यक कर कानुनको परिमार्जन हुन नसक्दा कर प्रणाली व्यवसायीमैत्री बन्न नसकेको बताउनुभयो ।

साथै उहाँले हाम्रो जस्तो विकासन्मुख मुलुकमा यहि प्रवृतिका कारण कर करले होईन रहले तिर्ने वातावरण बन्न नसकेकोमा जोड दिदै राज्यले करदाताको सम्मान सहित रहर सहित कर तिर्ने करमैत्री वातावरण बनाउनु पर्ने आवश्यकता औल्याउँनुभयो ।

त्यस्तै अन्तक्रियामा राजश्व कार्यालयका प्रमुख दिलिप अधिकारीले राज्यलाइ कर तिर्ने बहुसख्यक औषधि व्यवसायीसंगै सवै किसिमका करदातालाइ कर तिर्ने क्रममा कुनै पनि किसिमको असहजता नहोस भन्ने सोेच सहित सरल करमैत्री वातावरण बनाउँन प्रस्तुत कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय महासचिव गणेश नेपाल, उपाध्यक्ष माधव अधिकारी सचिव सुरज पौडेल ,बाग्मती प्रदेशका महासचिव लगायतका औषधिका व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु