बिहिबार, बैशाख १३, २०८१

यसरी गरियो महानगर १९ मा १०८ कन्या कुमारीको पुजन

 काठमाडौं कार्तिक ५,
काठमाडौं महानगरपालिका वडा न १९ स्थित यट्खाटोलमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको संयोजनमा आज १०८ कन्याकुमारीको पुजन गरिएको छ ।

क्रोध, लोभ र मोह रहित अबोध बालिकालाइ गरिने कुमारी पूजाको सन्दर्भमा प्राप्त धार्मिक र सांस्कृतिक मान्यता अनुरुप मुलत जुनसुकै किसिमको अनिष्टको समुल अन्त्यसंगै मनोकांक्षाको पूर्णताको कामनाको प्रसंग जोडिएको पाइन्छ ।

त्यस्ते नेवारी समुदायमा हरेक शुभकार्यअघि कुमारी पूजा गर्ने परम्परागत प्रचलन समेत रहिआएको छ। साथै कुमारीको पुजा गर्नाले रोगव्याधीको नास संगै सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेकै कारण प्रत्येक वर्ष कुमारी पूजा कार्यक्रमको आयोजना गरिदै आएको आयोजक समितिले जानकारीदिएका छन ।

आजको कुमारी पुजन कार्यक्रममा आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि वाम लोकतान्त्रिक गठबन्धनका संघ र प्रदेशका उम्मेदवारद्दय जीवनराम श्रेष्ठ र राजुराज जोशी समेतले प्रत्यक्ष सहभागीता जनाउँनु भएको थियो ।