शनिबार, बैशाख २२, २०८१

एमाले अध्यक्ष ओलीको हैकमविरुद्ध रावलले जेहाड छेड्ने

काठमाडौं असोज २७,
आसन्न निर्वाचनमा पार्टी अध्यक्ष अध्यक्ष केपी ओलीले टिकट नदिएपछि रुष्ट बनेका एमालेका नेता भीम रावलले आज पत्रकार सम्मेलन मार्फत पार्टीमा अध्यक्ष ओलीले देखाउँदै आएको हैकमवाद विरुद्ध आफ्ना धारणा सार्वजनिक गर्दै भावी यात्राबारे जानकारी दिने तयारी गरेको छ।

रावल अछाम–१ बाट प्रतिनिधिसभामा एकल सिफारिस भएपनि ओलीले रावलले आज बबरमहलमा पत्रकार सम्मेलन गर्न लागिएको बताएका छन् । रावललाई टिकट नदिएर माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका झपट बोहरालाई टिकट दिएंगै नेता रावलसंगै एमालेवृतमा चरम असन्तुष्टि देखिएको छ । यहाँसम्म अछामका ४० जिल्ला नेताले पार्टी अध्यक्ष ओली कदमको विरोध गर्दै एमाले छाडेका छन् ।

त्यस्तै रावलसँगै टिकट नपाएपछि नेता घनश्याम भुसाल, प्रभु शाह, गङ्गा चौधरी, गङ्गाराम यादव र द्वारिकालाल चौधरीलगायतका नेताहरूले पार्टी परित्याग गरिसकेका छन । यद्यपी एमालेका पूर्व उपाध्यक्ष  समेत रहेका डा.भीम रावलले भने हालसम्म कुनै प्रतिक्रिया नदिए पनि आज पत्रकार सम्मेलन मार्फत नयाँ खुलासा संगै पार्टी परित्याग नगर्ने तर एमालेमै रहेर ओलीले टिकट दिएका उम्मेदवारलाई पराजित गर्ने रणनीति समेत अख्तियार गर्ने तयारी गरेको थाहा भएको छ।