सोमवार, जेष्ठ ७, २०८१

आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना सहित कोजाग्रत पूर्णिमा मनाइदै

ॐ ह्रीं श्री क्रीं क्लीं श्री लक्ष्मी मम गृहे धन पूरये, धन पूरये, चिंताएं दूरये-दूरये स्वाहा : 

काठमाडौ असोज २३ ,
आज विजया दशमीको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा । आजको दिन धनसम्पतिकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेमा धनधान्य परिपूर्ण भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यस्तै आजको दिनमा देवीदुर्गाका तीन रुपम मध्येका एक रुप सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ रु भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा९आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन्।

प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा९आराधना गरी विसर्जन गरिँदैछ।दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतमा राखिएका जमरा आज विसर्जन गर्ने परम्परा रहिआएकोछ ।

कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन दर्शन गर्नाले मनोकाक्षा पूरा हुने एवं दुःख नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन ।साथै नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

त्यस्तै आजबाटै कार्तिक स्नान समेत शुरु हुने जनाउँदै आजबाटै स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ। कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।