बुधबार, बैशाख १९, २०८१

उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिदै

काठमाडौं असोज ११,
दशैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट शुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको र यसको लागि ५० जना पशु चिकित्सकको टोली परिचालन हुने जनाएको छ।

त्यस्तै परिचालित पशु चिकित्सकको टोलीले कलंकी, टुकुचा, चन्द्रागिरी, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीलगायत क्षेत्रमा स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

साथै खसीबोकाको स्वास्थ्य परीक्षण भएको स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने आम सर्वसाधारणमा जानकारी दिदै सिङमा हरियो रङ भएको स्वस्थकर खसीबोका खरिद गर्न आव्हान समेत गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031