बिहिबार, बैशाख २०, २०८१

आज वडादशैको दोस्रो दिन ब्रह्मचारिणीदेवीको पूजा अर्चना गरि मनाइदै

काठमाडौं असोज ११,
आज वडा दशैँको दोस्रो दिन नव दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदै  छ। दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा, आराधना गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास  रहिआएको छ ।

यहि विस्वास अनुरुप  आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्नेका लागि उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031