आइतवार, बैशाख २३, २०८१

आज मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसादको १०९ ओै जन्मजयन्ती मनाइदै

काठमाडौं भाद्र २४ ,
आज नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री, महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०९ ओै जन्मजयन्ती विविध कार्यक्रम सहित मनाइदैछ ।

वि।सं। १९७१ भदौ २४ गते जन्मिनुभएका नेपाली कांग्रेसका संस्थापक कोइरालाको जन्मजयन्तीका अवसरमा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय मुख्यालयमा उहाँको प्रतिमामा माल्यार्पण संगै देशभर नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले कार्यक्रम गर्ने तय गरेको थाहा भएको छ।