शुक्रबार, बैशाख २१, २०८१

इन्धनको घट्दो मूल्यसूची कार्यान्वयन नहुँदा नेपाली उपभोक्ता मुल्य वृद्धिको मार खेप्न बाध्य

 काठमाडौ साउन २३,
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेसंगै घट्दो मूल्य सहित इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल सआयल निगमलाई दुई पटक बिल पठाए पनि निगमले भने मूल्य घटाउन नसकिने जनाएको छ।

निगमले इन्डियन आयल कर्पोरेसन बाट तेल खरिद गर्दै आएको र इन्डियन आयल कर्पोरेसनले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँ गरेको छ।

प्राप्त जानकारी खनुसार पछिल्लो १६ जुलाई र १ अगस्ट दुई पटकमा गरेर पेट्रोल प्रतिलिटर ३२ रुपियाँ ५७ पैसा, डिजेल २५ रुपियाँ ७४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७८ रुपियाँ मूल्य घटेर आएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि निगमको घाटा बढी भएकाले तत्काल मूल्य घटाउन नसकिएको जनाउ दिएसंगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्दा आम उपभोक्ताले मुल्य वृद्धिको मार खेप्न बाध्य भएका छन ।