शुक्रबार, बैशाख २१, २०८१

अवैध लागूऔषध सहित विभिन्न जिल्लाबाट ११ जना पक्राउ

 काठमाडौं साउन २३,

नेपाल प्रहरीको महाराजगंजवृतले काठमाडौं महानगरपालिका९३ नारायणगोपाल चोकबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल नुर्फिन, ४७ एम्पुल डाइजेपाम, ४७ एम्पुल फेनारगन सहित काठमाडौं सुकेधारा बस्ने नवलपरासी तम्सारीया नगरपालिका-४ घर भएका २४ वर्षीय आशिक कुमाल लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई देख्नासाथ लु.४० प ४१५० नम्बरको मोटसाइकलमा भाग्ने क्रममा आफैं लडेपछि जाँच गर्दा उनीहरुलाई उक्त परिमाणको लागू औषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै कास्की प्रहरीको वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा महानगरपालिका-१३ ढिकालेथरबाट नियन्त्रित लागूऔषध २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम, २५ एम्पुल फेनारगन सहित सोही महानगरपालिका९१३ बाझापाटन बस्ने ४० वर्षीय विकास गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लु.८७ प ७६४६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार विकासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै गरि ईलाका प्रहरी कार्यालय लहान प्रहरीले कैलाली धनगढी उपमहानगरपालिका-७ मनेहराबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश थापालाई आइतबार साँझ र सिरहा, लहान नगरपालिका-२० गोल्छारीबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल व्युप्रिनोर्फिन, ४७ एम्पुल फेनारगन, ४७ एम्पुल डाईडिल्याव र ६० ट्याब्लेट नाइट्रोभेट सहित सोही नगरपालिका९८ बस्ने ३४ वर्षीय अर्जुन कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले लहान नगरपालिका-३ अस्पताल चोकबाट नियन्त्रित लागूऔषध ९ सय ९१ एम्पुल फेनारगन, ९ सय ९१ एम्पुल डाईजेपाम, ९ सय ९१ एम्पुल व्युप्रिनोर्फिन सहित लहान नगरपालिका९१ बस्ने ३० वर्षीय दिलिप साह लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ जनाएके छभने ईलाका प्रहरी कार्यालय गजुरीले धादिङ, गजुरी गाउँपालिका-६ पोखरेखोलाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित गल्छी गाउँपालिका९४ ज्यामिरेचौर बस्ने १८ वर्षीय किशोर लगायत २ जना र अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरको टोलीले हेटौडा उपमहानगरपलिका-१६ चिसापानी बस्ने वर्ष ३९ वर्षीय सुभाष लामिछानेलाई ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित गएराति पक्राउ गरेको जनाएको छ ।