आइतवार, बैशाख २३, २०८१

५७७ जनामा कोभिड सङ्क्रमण, २ को मृत्यु

काठमाडौं साउन १३ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५७७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले २ हजार ४७४ पीसीआर परीक्षण गर्दा ३९१ र१ हजार ८०८ एन्टिजेन परीक्षण गर्दा १८६ जना गरि उल्लेखित सख्यामा मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । साथै संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै यसवीचमा २६९ जना सङ्क्रमण मुक्त भएका छन् भने ४ हजार ३५६ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ।