शुक्रबार, बैशाख २१, २०८१

नेपाल प्रहरीका एआईजी पोखरेलद्वारा राजीनामा

 काठमाडौं साउन २ ,
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले आईजीपी नियुक्ति प्रकरणमा गत असार ३१ मा पोखरेलले दायर गरेको रिट खारेज गर्दै नेपाल प्रहरीको आईजीपीमा धिरजप्रतापको नियुक्त सदर गरेपछि एआईजी पोखरेलले सोमबार प्रहरीन प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएको हो ।

स्मरण रहोस वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।