शुक्रबार, बैशाख २१, २०८१

भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौ असार २८,
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एकाध स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै विभागले प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।

साथै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही सुदूरपश्चिम प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।