शुक्रबार, बैशाख २१, २०८१

भूकम्पको परकम्पन संगै उपत्यकामा मच्यो हलचल

काठमाडौं जेठ २८,
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराती २ बजेर ३६ मिनेट जाँदाको समयमा भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाउँदै ४.७ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का महसुस भएसंगै उपत्यकामा ठूलै हलचल मचेको थियो ।

त्यस्तै भूकम्प मापन केन्द्रका अनुसार उपत्यका आसपासको क्षेत्र केन्द्र विन्दु भएका कारण भूकम्पको धक्का उपत्यकासर्वत्र महसुस भएको जनाएकोछ । साथै यो भूकम्प गोरखा भूकम्पको परकम्प भएको भन्दै मापन २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ भन्दा बढि परकम्प गएको जनाएको छ ।