आइतवार, बैशाख २३, २०८१

जिससको निर्वाचन सम्पन्न नभएसम्मका लागि कुनै प्रशिक्षण कार्यक्रम नगर्न आयोगको आग्रह

काठमाडौ जेठ २०,
निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

“निर्वाचनको कार्यक्रम शुरु भइसकेपछि कानूनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने र बीचमा रोक्न नमिल्ने भएकाले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचनलाई प्रभावित गर्नेगरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई लक्षित गरेर कुनै पनि कार्यक्रम नगर्न भन्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार जारी विज्ञप्तिमार्फत जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि लक्षित प्रशिक्षण कार्यक्रम नर्गन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा राजनीतिक दल एवम् अन्य सरोकारवालाहरुलाई आग्रह गरेको हो ।

त्यस्तै आयोगले जारी विज्ञप्तिमा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्नो कार्यक्षेत्र नछाड्न समेत आग्रह गरेको  छ ।