आइतवार, बैशाख २३, २०८१

असार ९ बाट वालवालिका लक्षित कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुँने

काठमाडौं जेठ २०,
सरकारले असार ९ गतेबाट वालवालिका लक्षित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ वर्षदेखि ११ वर्ष वालवालिका लक्षित हुँदै सञ्चालन हुने खोप अभियान दुई चरणमा सञ्चालन हुने जानकारी दिदै पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पलिो डोज र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने जनाएको छ।

त्यस्तै बाँकी रहेका ५० वटा जिल्लामा भने आगामी भाद्र ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने जानकारी दिएको छ।

त्यस्तै खोप अभियानका लागि सरकारले विद्यालयलाइ नै खोप केन्द्र पहचिान गर्दै खोपका लागि कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप प्राप्त हुँने जनाएको छ।  त्यस्तै यसअघि सरकाले सरकारले १२ वर्षका नागरिकलाई नि शुल्क खोप अभियान संचालन गर्दै आएको छ । पूर्ण खोप लगाएको तीन महिना पुगेकाहरुलाई अतिरिक्त मात्र खोप लगाउन  आग्रह गर्दै आएको छ।