बुधबार, मंसिर २०, २०८०
Dashain

यस्तो छ मन्त्रिपरिषद बैठकका १४ बुँदे निर्णय

काठमाडौ चैत १५,
सोमवबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिकमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न् मन्त्रालयको प्रस्तावमा १४ बुँदे निर्णय भएको जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले अर्थ मन्त्रालयको प्रस्तावमा चीन सरकारबाट प्राप्त सीमा वारपार रेल मार्ग संभाव्यता अध्ययनसम्बन्धी प्रविधिक सहायता स्वीकार गर्ने निर्णयसंगै  चीन सरकारसँग भएको नेपालमा तेल र ग्यास स्रोत सर्वेक्षणसम्बन्धी कार्यान्वयन सम्झौताको दुई वर्ष समयावधि थप गर्ने निर्णय गरेको  छ ।

त्यस्तै बैठकले  कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा संजिव झा र  नेपाल राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पँगेनीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठनसंगै तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

दोहा फोरमको २०औं संस्करणको सम्मेलनमा भाग लिन योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाइ भ्रमण स्वीकृति दिने  निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै उहाँले चैत १८ देखि २७ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृती संग गरेका थप निर्णयहरु निमनानुसारका रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28