बिहिबार, बैशाख २०, २०८१

यस्तो छ, ७७ वटै जिल्लाका स्थानीय निर्वाचनमा भाग लिने दलको सूची

काठमाडौं चैत १५ ,
निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मुलुकको ७७ वटै जिल्लामा भाग लिने दलको टुङ्गो लगाउँदै सूची प्रकाशित गरेको छ ।
आयोगका अनुसार आसन निर्वाचनको लागि आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको र यसमध्ये प्रकाशित सूची अनुसार सबैभन्दा बढी काठमाडौंमा ६ वटा राष्ट्रिय दल सहित ४६ दलले भाग लिदै छन भने सवै भन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय दल बाहेक ५ दलले भाग लिँदै गरेको आयोगले जनाएको छ।

साथै आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जानकारीदिदै आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार भक्तपुरमा २८ दल , ललितपुरमा ३१ दलले निर्वाचनमा भाग लिदै गरेको जनाएको छ ।
आयोगले प्रकाशित गरेको निर्वाचनमा भाग लिने दलको सूची :