बिहिबार, बैशाख २०, २०८१

महाशिवरात्री पर्वको लागि यसरी गरिएको छ ट्राफिक व्यवस्थापन

काठमाडौं  फागुन १७, 
मंगलवार मनाइने महाशिवरात्री पर्वको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा हुन भक्तजन र दर्शनार्थीको घुइचोसंगै पशुपति मन्दिरमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको आवश्यक व्यवस्थापन सहित ट्राफिक व्यवस्थापन गरेको छ ।

ट्राफिक व्यवस्थापनको क्रममा अन्य नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।

त्यस्तै धेरै टाढाबाट आउने भक्तजनहरुको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था सहित दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र वनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

त्यस्तै दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने समेत जानकारीदिएको छ। यसवीचमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने जानकारीदिदै महाशिवरात्री पर्व अवधिभरको ट्राफिक व्यवस्थापनमा करिब ९०० ट्राफिक प्रहरी परिचालन हुने उनले जानकारी दिएकाछन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28